A.D.:
Nepal Samvat: 1146 SILLAGA EKADASHI - 26
December 31, 2025, 01:18 PM
जनकपुरधाम : खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणाली सुदृढीकरण तालिम म्यानुअलको पूर्व परीक्षण (Pre-Testing) कार्यशाला जनकपुरधाममा सुरु भएको छ।
खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) प्रणाली सुदृढीकरणका लागि तयार पारिएको तालिम म्यानुअललाई व्यवहारिक, प्रभावकारी र स्थानीय सन्दर्भ अनुकूल बनाउनु बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको का वास विज्ञ विजु डंगोलले जानकारी गराउनुभयो ।
कार्यशालामा ११ वटा पालिकाका प्रतिनिधि, WASH क्षेत्रका विज्ञ, गैरसरकारी संस्थाका प्रतिनिधि माझ म्यानुअलका विभिन्न मोड्युलहरू प्रस्तुत गरिँदैछ र त्यसमा प्रयोग भएका सामग्री, भाषा, अभ्यास विधि तथा प्रशिक्षण प्रविधिहरूको परीक्षण, छलफल र सुधार सुझावहरू संकलन गरिने उहाँले जानकारी दिनुभयो।
कार्यशालामा तालिम म्यानुअललाई वास्तविक तालिम जस्तै अभ्यास गराइन्छ। सहभागीहरूले म्यानुअलका अध्याय तथा मोड्युल अध्ययन गरिरहेका छन् । सहभागीहरु समूहगत अभ्यास, प्रस्तुति र छलफलमा सहभागी भएका छन् ।
वास विज्ञ डंगोलका अनुसार म्यानुअल प्रयोगमा देखिएका चुनौती, स्पष्टता अभाव र सुधारका गर्नुपर्ने बिषयमा सहभागीहरुले सुझाव दिनेछन् । यसरी संकलित सुझावका आधारमा म्यानुअललाई अन्तिम रूप दिइने डंगोलले जानकारी दिनुभयो ।
कार्यशालामा राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक ई.राम कुमार श्रेष्ठले खानेपानी प्रणालीको नियमित तथा दिगो सञ्चालनका लागि स्थानीय सरकार र समुदायको क्षमता अभिवृद्धि अत्यन्तै आवश्यक रहेको र यही उद्देश्यले तयार पारिएको तालिम म्यानुअललाई प्रयोगमैत्री र प्रभावकारी बनाउन प्रि-टेस्टिङ कार्यशाला आयोजना गरिएको बताउनुभयो।
उहाँले कार्यशालाबाट प्राप्त निष्कर्ष र सिकाइहरू समेटेर खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणाली सुदृढीकरण तालिम म्यानुअल लाई अन्तिम रूप दिइने र राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रले प्रमाणित गरेपछि प्रयोगमा आउने बताउनुभयो ।