national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

Important Notice

NepalFlag

A.D.:

Nepal Samvat: 1146 CHAULAGA SHASTHI - 21

मानव मलमूत्र प्रशोधन केन्द्र डिजाइन सम्बन्धी चार दिने तालिम नगरकोटमा

डिजाइन सम्बन्धी

मानव मलमूत्र प्रशोधन केन्द्र डिजाइन सम्बन्धी चार दिने तालिम नगरकोटमा

काठमाडौँ : मानव मलमूत्र प्रशोधन केन्द्र (फिकल स्लज ट्रीटमेन्ट प्लान्ट) डिजाइन सम्बन्धी चार दिने तालिम भैरहेको छ ।

फिकल स्लज ट्रीटमेन्ट प्लान्टको डिजाइन सम्बन्धी प्राविधिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) र Welt Hunger Hilfe (WHH) को सहयोगमा राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र र वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को आयोजनामा नगरकोटमा तालिम भैरहेको हो ।

सोमबार देखि सुरु भएको तालिम बिहीबार सकिनेछ। तालिममा विभिन्न नगरपालिका, विकास साझेदार संस्था तथा निजी क्षेत्रका गरी ३८ जनाको सहभागिता रहेको छ । यस तालिमले सहभागीहरु बीच प्राविधिक सिकाइ, अनुभव आदानप्रदान तथा क्षमता सुदृढीकरण गर्ने अवसर प्रदान गरेको तालिम को-अर्डिनेटर चन्द्र शोभा खाईतुले जानकारी दिनुभयो।

तालिम मार्फत फिकल स्लज व्यवस्थापन तथा प्रशोधन पूर्वाधारको प्रभावकारी डिजाइनमा आवश्यक ज्ञान, सीप र व्यवहारिक अनुभव विकास हुने अपेक्षा गरिएको छ। साथै, स्थानीय तह तथा सरोकारवाला निकायहरूको प्राविधिक क्षमता अभिवृद्धि गरी सुरक्षित सरसफाइ प्रणाली प्रवर्द्धनमा सहयोग पुग्ने कार्यकारी निर्देशक श्रेष्ठको विश्वास छ ।

साभार